२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

डोटीको ठूली गाड नदीमा बाढीले गर्‍यो खतराको तह पार, अन्य ६ नदीमा उच्च बाढी

दिपायल– अविरल वर्षाका कारण कर्णाली बेसिन अर्न्तगत डोटीको ठूली गाड नदीमा पानीको उच्च बहावले खतराको तह पार गरेको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाका अनुसार आइतबार बिहान ठूली गाढ नदीमा बाढीले खतराको तह पार गरेको हो ।

साढे ५ मिटरसम्म पानीको सतह बढ्दा खतराको तह हुनेमा आइतबार बिहान १२ बजेको समयमा ८ दशमलव ७६ मिटर जलसतह बढेको हो ।

यस्तै डडेलधुरामा महाकाली नदीले खतराको तह पार गरेको छ । चितवन नारायणघाट, देवघाट क्षेत्रमा बाढीको मात्रा खतराको तहमा पुगेको छ । यस्तै प्रदेश १ मा कोशी नदी बेसिनमा रहेका अरुण, तमोर र पुरानो चतरा क्षेत्रमा सप्तकोशी नदीमा आएको बाढीले जल सतह पार गरेको छ ।

बिहान ११ बजेसम्मको आँकडा अनुसार कन्चनपुर, कैलाली, बर्दिया, पाल्पा, स्याङ्जा लगायतका जिल्लामा अत्यधिक मात्रामा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०८१ असार २३

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP