दिपायल- सुदूरपश्चिम प्रदेशको वार्षिक कार्यक्रम पुस्तिका (रातो किताब) सार्वजनिक गरिएको छ । बुधबार मन्त्रालयको आधिकारिक बेवसाईटमार्फत प्रदेशको आगामी आर्थिक वर्षको रातो किताब सार्वजनिक गरिएको हो ।
मन्त्रालयले सार्वजनिक नगर्नु अघिनै रातो किताबको विद्युतिय कपि विचौलियाहरुको हातमा पुगेको भन्दै नेपाली काँग्रेस संसदीय दलको कार्यालयले आपत्ती जनाउँदै आएको थियो । साथै सो सम्बन्धमा छानविन गर्न पनि समिति गठन गर्नुपर्ने नेपाली काँग्रेसको माग रहेको थियो । तर, सरकारले सो बारेमा ध्यान नदिई रातो किताव सार्वजनिक गरेको हो ।
रातो किताब सार्वजनिक भएपनि बजेटमाथिको छलफल अहिलेसम्म अघि बढ्न सकेको छैन् । असार १ गते आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सभामा आगामी आर्थिक वर्षको बजेट पेश गरेका थिए । त्यसयता प्रदेश सभा बैठक अनिश्चित बनेको छ ।
रातो किताव हेर्न यहाँ क्लिक गरौं
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...