२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

कांग्रेसले सुदूरपश्चिम, बाग्मती र गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने


दिपायल- नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति भएसँगै प्रदेश सरकारको नेतृत्वको विषयमा पनि सहमति भएको छ ।

गए राति एमाले अध्यक्ष केपी ओली कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रदेश सरकारको नेतृत्व लिने विषयमा पनि सहमति जुटेको हो ।

सहमतिअनुसार कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ भने एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने ओली–देउवाबीच सहमति बनेको छ ।

ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने सहमति जुटेको छ ।

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०८१ असार १८

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP