२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

जीप दुर्घटनामा सात जनाको मृत्यु, सात घाइते

रोल्पा – रोल्पाको माडी गाउँपालिका–४ परेवाछहरामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।

रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका वडा नं ४ स्थित परेवा छहरामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार अन्य सात जना घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । जीप सडकबाट करीब चार सय मिटर तल खसेको छ ।

घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकी घर्तीगाउँ पुर्याइएको छ । घटनापछि निरन्तर पानी परिरहेकाले उद्दारमा असहज भएको प्रहरीले बताएको छ ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८१ असार १८

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP