काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका छन् । यद्यपि एमाले–कांग्रेस सरकार बन्न–नबन्ने ओलीको निर्णयमा निर्भर हुने नेताहरूको दाबी छ ।
देउवा र ओलीबीच शनिबार बालकोटमा भेटवार्ता भएको थियो, जसले सत्ता राजनीति निकै तरंगित भएको छ । खासगरी यो भेटपछि सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झस्किएका छन् ।
एमाले र कांग्रेसका शीर्ष नेताहरूले बालकोट भेटबारे धेरै खुलेर बताएका छैनन् । कांग्रेस निकट स्रोत भन्छ, ‘कांग्रेस र एमाले सहकार्य सहितको प्रतिस्पर्धाको बाटोमा जान सहमत भएका छन् । सम्भवत भरेभोलिमा थप प्रष्ट होला ।’
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...