काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएका छन् ।
सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले साँझ ६ बजे मन्त्रीहरुलाई बोलाएका हुन् । ‘बालकोटमा आउनु भन्ने खबर आएको छ, अरु केही बताइएको छैन’ एक मन्त्रीले भने ।
अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । लगत्तै एमालेका मन्त्रीहरु बालकोट जाने छन् ।
एमालेबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्री छन्। साथै, उनले तत्काल उपत्यका नछाड्न मन्त्रीहरुलाई निर्देशन समेत दिएका छन् ।
ओलीको उक्त निर्देशनसँगै केही मन्त्रीले भोलि (मंगलबार) का लागि तय भएको राजधानी बाहिरका कार्यक्रम पनि रोकेको जानकारी सचिवालयलाई गराइसकेका छन्।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच बालकोटमा लामो भेटवार्ता भएको थियो।
अध्यक्ष ओलीले आज बिहान ३ घण्टा बढी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका थिए।
दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा...