२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

तीन घण्टा प्रचण्डसँग छलफल गरेर बालुवाटारबाट बाहिरिए ओली

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तीन घण्टा छलफल गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन्।

सोमबार बिहान साढे ९ बजे बालुवाटार पुगेका अध्यक्ष ओली तीन घण्टा छलफल गरेर बालुवाटारबाट निस्किएका हुन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, बीचमा केहीबेर बैठक रोकिएको थियो।

पूर्वाञ्चल विश्वविद्यालय परिषद्को बैठकमा प्रधानमन्त्री सहभागी हुनुपर्ने भएपछि रोकिएको बैठक पुनः केहीबेर चलेको थियो।

उनीहरूबीचको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ। प्रचण्डले आजको छलफलका लागि स्थान पनि नयाँ राजेको थिए।

यसअघि गत शनिबार दिउँसो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ओलीले लगभग तीन घण्टा छलफल गरेपछि राजनीति तरंगित भएको छ।

 

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८१ असार १७

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP