२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

शिखर सरकारले ल्यायो ७१ करोडको बजेट

दिपायल– शिखर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ७१ करोडको बजेट  ल्याएको छ । १५औं नगर अधिवेशनको पहिलो बैठकबाट असार ५ गते नीति तथा कार्यक्रम ल्याएको शिखर सरकारले सोमबार बजेट तथा कार्यक्रम ल्याएको हो ।

नगर सरकारले २०८१/०८२ का लागि ७१ करोड एक लाख ६७ हजारको बजेट ल्याएको हो । नगर प्रमुख दीर्घ बहादुर बलायरले प्रस्तुत गरेकोे उक्त बजेट १५ औं नगर अधिवेशनको दोस्रो बैठकबाट सर्वसम्मत पारित गरिएको छ ।

नगर सरकारले संघीय सरकारबाट प्राप्त अनुदान अन्तरगत समानीकरण तर्फ १० करोड ५५ लाख, सशर्त अनुदान चालुुतर्फ ३३ करोड १७ लाख २२ हजार बजेट ल्याएको हो । पूंजीगत तर्फ २ करोड २३ लाख, समपूरक अनुदानतर्फ २ करोड ८० लाख, बिशेष अनुदानतर्फ ३ करोड ५५ लाख र राजस्व बाँडफाँडतर्फ ६७ लाख ६२ हजार बजेट ल्याएको छ ।

त्यस्तै प्रदेश सरकारबाट प्राप्त अनुुदान अन्तरगत संघीय सरकारबाट प्राप्त अनुदान अन्तरगत समानीकरण तर्फ ९४ लाख ३७ हजार, समपूरक अनुदानतर्फ १ करोड ४२ लाख ४६ हजार, बिशेष अनुदानतर्फ १ करोड ६५ लाख र राजस्व बाँडफाँडतर्फ १२ करोड ८० लाख बजेट ल्याएको छ । नगरपालिकाको आन्तरिक आम्दानी तर्फ १ करोड २२ लाख बजेट ल्याइएको छ ।

नगरपालिकाका ११ वटा वडाहरुलाई प्रति वडा ३५ लाखका दरले बजेट विनियोजनको अधिकार दिइएको थियो । जसअन्तर्गत वडाहरुमा बजेट विनियोजन गरेर बजेटमा समावेश गरिएको छ ।

असार ५ गते नगर उप- प्रमुख सुनिता रावल जोराले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र पालिकाकाले निर्माण गरेका नीति पनि सर्वसम्मत पारित गरिएको छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ असार १७

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP