२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठ हटाइन

कैलाली। नागरिक उन्मुक्ति पार्टी नाउपाको संसदीय दलको नेता हेरफेर भएको छ । केन्दीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन्।

चौधरी यस अघि प्रमुख सचेतक थिए । प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालाबिर चौधरीलाई निर्णय भएको छ । लालबिर चौधरी रेशम चौधरीका बुवा हुन्।

नाउपा केन्द्रमा चार सांसद छन्। ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन्।

गङ्गा चौधरी, अरुण चौधरी र लालाविर चौधरीले नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाउँदै गंगा चौधरी जिम्मेवारी दिने निर्णयमा हस्ताक्षर गरेका छन् भने रञ्जिता चौधरीको हस्ताक्षर छैन।

दलको नेता परिवर्तनको निर्णय गरिएको विषय अहिले बहुमत सांसदहरुले शीर्ष नेताहरुलाई जानकारी गराइसकेका छ।

 

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०८१ असार १७

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP