२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

सुदूरपश्चिम प्रदेशमा मन्त्रालय विभाजन, मन्त्रालयको संख्या दश पुग्यो

धनगढी । सुदूरपश्चिम प्रदेशमा मन्त्रालय थप गरिएका छन् । सत्तागठबन्धन दलमा रहेका मन्त्रीहरुलाई जिम्मेवारी दिन प्रदेशका चार वटा मन्त्रालयलाई विभाजन गरि थप गरिएको हो । यो संगै अब सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित दश वटा मन्त्रालय बनेका छन् ।

मुख्यमन्त्री दिर्घबहादुर सोडारीले आइतबार भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई फुटाएर मन्त्रालय थप गरेका हुन् ।

जेठ २८ गते नियूक्त भएका विना विभागिय मन्त्रीहरुलाई आइतबार विहान मन्त्रालय फुटाएर जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीलाई जिम्मेवारी दिइएको बताए ।

उनका अनुसार भौतिक फुटाएर बनाइएको मन्त्रालयमा नेकपा (माओवादी केन्द्र) का अक्कल रावललाई जनस्रोत तथा सहरी, नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै गरेर सामाजिक फुटाएर माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा (एमाले) का वीरबहादुर थापा पातललाई वन तथा सहकारी र नेकपा (एकीकृत समाजवादी) का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ । एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८ गते सात जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । ती मध्ये यी ५ जनाले जिम्मेवारी पाएका थिएनन् । यसअघि एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिला र जेठ ६ मा उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार र जेठ १८ टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको थियो ।

Related News

‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने
‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने
  • २०८१ असार १६

काठमाडौं– ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका...

TOP