दिपायल- नेपाली लेखक संघ डोटीले दुुई जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । संघले एक समारोहको आयोजना गरी साहित्यकार पदमराज जोशी ‘प्रभात’ र कवि निर्मलकुमार भण्डारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
नेपाली लेखक संघ डोटीले प्रदान गर्दै आएको “प्रा.डा. जयराज पन्त स्मृति डोटेली लोकसाहित्य पुरस्कार २०८०” लोकसाहित्यका क्षेत्रमा कलम चलाउने साहित्यकार जोशी र “पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार २०८०” कवि निर्मलकुमार भण्डारीलाई प्रदान गर्ने निर्णय गरिएको नेपाली लेखक संघ डोटीका सह–सचिव पवन महराले बताए ।
नेपाली लेखक सङ्घ डोटी शाखाले लोक संस्कृति र लोक साहित्यमा प्रा.डा. जयराज पन्तले पु¥याएको योगदानको कदरार्थ उहाँको दुःखद निधनपछि उहाँको सम्झना तथा सम्मानमा “प्रा.डा.जयराज पन्त स्मृति डोटेली लोक साहित्य पुरस्कार” स्थापना गरेको हो । उक्त पुरस्कार डोटेली लोक संस्कृति, डोटेली लोक साहित्यमा अध्ययन अनुसन्धान र संरक्षणमा विशेष योगदान पु¥याउने एक जना स्रष्टालाई प्रत्येक दुई÷दुई वर्षमा प्रदान गर्ने गरिएको छ ।
त्यस्तै नेपाली काव्य जगत्का प्रसिद्ध छन्द कवि तथा नेपाली लेखक सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष कवि पूर्णानन्द भट्टको दुःखद निधनपछि उहाँको सम्झना तथा सम्मानमा उहाँका नाति टेकराज भट्टसमेतको सहयोगमा “पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार” स्थापना गरिएको हो । उक्त पुरस्कार सुदूरपश्चिम प्रदेशका काव्य जगत्मा विशेष योगदान पु¥याउने एक जना स्रष्टालाई प्रत्येक दुईदुई वर्षमा प्रदान गर्ने गरिएको छ । दुवै पुरस्कारको राशी ११,१११ (अक्षरेपी रु एघार हजार एक सय एघार) रहेको नेपाली लेखक सङ्घ डोटीका अध्यक्ष फणेन्द्र साउँदले बताए ।
को हुन् जयराज पन्त :
लोक संस्कृति विद् तथा डोटेली भाषा साहित्य र कलाका सच्चा सेवक प्रा.डा. पन्तको जन्म वि.स. २०१० चैत्र १५ गतेका दिन(आमा राधादेवी पन्त र बुवा दयानिधी पन्त) शिखर न.पा. जिजोडामाण्डौ ९ जैनोलीमा भएको हो । आफ्नो जीवनकालमा प्राध्यापन पेशाका साथै लोक संस्कृतिको अध्ययन अनुसन्धानमा समय व्यतीत गरेका पन्त राष्ट्रिय प्रतिभा हुन् । उनले लोक संस्कृतिको क्षेत्रमा जे जति कार्य गरे त्यो योगदान हो जुन अतुलनीय र अविस्मरणीय छ ।
अँजुलीभरी सगुन पोल्टाभरि फाग (२०५५), डोटेली धमारी गीत एक अध्ययन (२०६४), मष्टा परम्परा र त्यसका गीतहरू, (२०६४) डेउडा, (२०६४) डोटेली गौरा पर्वका गीत र गाथाहरू, डोटेली भो पर्वका गीत र गाथाहरु (२०६४) शैलेश्वरीको माहात्म्य र तिनका केही गीत (२०६५), श्री भुवनेश्वरी (२०६८), प्रा. शिव गोपाल रिसाल (२०७३) जयराज पन्तका बैचारिक बिरासत (२०७४) प्रकाशित कृतिहरू हुन् भने वत्स गोत्रीय डोटेली पन्त वंश, डोटेली केही प्रतिनिधि गाथाहरू, भारत (हुड्केली) एक अध्ययन, डोटेली होरी पर्वका गीतहरू, डोटेली र कुमाउँनी लोकगीत, जस्ता कृतिहरू अप्रकाशित अवस्थामा छन् ।
लोक संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने पन्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न सरकारी र गैर सरकारी सङ्घसंस्थाहरूबाट विभिन्न पुरस्कार तथा पदक र मानसम्मानले सम्मानति भएका थिए ।
को हुन् पूर्णानन्द भट्ट :
राष्ट्रिय स्तरमा चर्चामा आउन सफल साहित्यकार भट्टको जन्म १९९० सालमा डोटी जिल्लाको जोरायल गाउँपालिका १ बडाखेतमा भएको हो । उहाँका हालसम्म अभिषाप (२०३६), डोटेली लोकलहर (२०३७), अर्तनाद (२०३९), कविता तरङ्ग (२०३९), वन्देवी (२०४०), बिलापी खण्डकाव्य (२०४०), शन्ति विज्ञान महाकाव्य (२०५३), नानो जात्क (२०५६), शान्ति मन्दिर (२०४८), गाउँकला चम्पुकाव्य (२०४५), प्रजातन्त्र बालक (२०५१), बिलापी भाग २ (२०६४ं) कविता मिलन (२०६७) र रघुनाथ (२०७५) आदि कृतिहरू प्रकाशित छन् ।
को हुन् निर्मलकुमार भण्डारी:
साहित्यलाई समाजको दपर्ण र हृदयको भावुक भाषा ठान्ने स्रष्टा भण्डारी २०१३ सालमा जोरायल गाउँपालिका सरस्वतीनगर ३ बेल्टुक्रा डोटीमा जन्मी त्यसै कन्दराबाट पद्य कविता सृजना गरी साहित्यका फाँटमा प्रसिद्धि कमाउने कवि हुन् ।
हाल अत्तरियामा बस्दै आउनु भएका स्रष्टाका कर्तव्यबोध सन्देश (२०५२) कविता संग्रह, सावधान नयाँ युग आउँदैछ खण्डकाव्य (२०५६), निर्मल माणि (२०७०) माया दुरिदैन (२०७६) जस्ता कृतिका साथै तमामौँ पद्य फुटकर कविता र लेखकहरू प्रकाशित छन् । वरिष्ट कवि भण्डारी विभिन्न ठाउँबाट सम्मानित हुनुहुन्छ ।
को हुन् पद्मराज जोशी ‘प्रभात’
वि.स. २०१६ सालमा पूर्वीचौकी गाउँपालिका पोखरी–७ देउरामहल डोटीमा जन्म भई धनगढी कैलालीमा बस्दै आएका प्रभात एक चर्चित साहित्यकार हुन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजका पूर्व अध्यक्ष समेत रहेका उनी अहिले पनि विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आवद्ध भई सक्रिय रहेका छन् ।
नामसारी कथा संग्रह (२०५७), गौरापर्व एक परिचय(२०५९), पहाडकी सौराइ (२०६४) सुदूर पश्चिमाञ्चलको समाज र लोक संस्कृति (२०६४), जस्ता कृतिका रचनाकार स्रष्टा प्रभात साझा लोक साहित्य पुरस्कार लगायतका विभिन्न पुरस्कारबाट सम्मानित हुनुहुन्छ ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...