२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

एसईईको मौका परीक्षा दिने डोटीका विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिने

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षा दिने डोटीका विद्यार्थीका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति तथा खप्तड युवा समाजका अध्यक्ष श्याम राज ओझाले निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

शनिबार डोटीबाट काठमाडौ पढ्न गएका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै ओझाले निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
एसईईका लागि ग्रेडवृद्धि गर्न परीक्षामा सामेल हुने डोटीका विद्यार्थीहरुलाई लक्षित गरेर कक्षा सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।

एसईईमा डोटी जिल्लाको नतिजा एकदमै कमजोर आयो,“उनले भने,“धेरै विद्यार्थीहरुले राम्रो नतिजा ल्याउन सकेका छैनन् । आर्थिक अवस्था कमजोर हुनेहरुले तायारी कक्षाहरु लिनसक्ने अवस्था रहदैन । तसर्थ हामीले विद्यार्थीहरुको भविश्य र डोटी जिल्लाको शिक्षा क्षेत्रको चिन्ता लिएर यो निर्णय गरेका हौं ।”

डोटीबाट काठमाडौ पढ्न गएका विद्यार्थीले असार १५ तथा विदाको अवसर पारेर दहि चिउरा खाने कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा करियर काउन्सिलिङ समेत गरिएको थियो । कार्यक्रमको संयोजक मुकेश बहादुर सिंहले गरेका थिए । कार्यक्रममा नेपाल सरकारका उपसचिव रुद्र भट्ट र पुर्व सिडियो शिवराज भट्टको पनि उपस्थिति रहेको थियो । भट्टले लोकसेवा तयारी सम्बन्धी विद्यार्थीहरुलाई सुझाव तथा सल्लाह दिएका थिए ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०८१ असार १५

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP