दिपायल- शिखर नगरपालिकाले राष्ट्रिय धान दिवस (रोपाईं महोत्सव) मनाएको छ । नगरपतमालिकाको वडा नं. ८ तिल्ताली सैन अन्तरगत युवा किसान दिनेश बलायरको होखेतमा धान दिवस मनाएको हो ।
“जलवायुुमैत्री कृषि, धान उत्पादनमा बृद्धि” नारा सहित नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा दिवस मनाएको हो । प्रविधिमैत्री र जलवायुुमैत्री कृषि प्रणालीमा जोड दिदै धान उत्पादनमा बृद्धि गर्ने र पालिकालाई धाममा आत्मानिर्भर बनाउने कृषि शाखाको लक्ष रहेको शाखा प्रमुख सुदर्शन कठायतले बताए ।
विगतमा हलगोरु जोतेर रापाईं गर्दै आएका किसानको खेतमा यस वर्ष हाते ट्याक्टरको मदतबाट रोपाईं गरिएको थियो ।
रोपाईंमा नगर प्रमुख दीर्घ बहादुर बलायर, उप प्रमुख सुनिता रावल जोरा, वडाअध्यक्षहरु, नगरपालिकाका कर्मचारी , स्थानीय कृषक लगायतको सहभागिता रहेको थियो ।
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...