२०८१ माघ २८, सोमबार
February 10, 2025, Monday

एकैदिन पहिरोका कारण तीन जिल्लामा ९ जनाको मृत्यु, एकै घरका पाँच परे

काठमाडौं–  शनिबार एकैदिन पहिरोका कारण तीन जिल्लामा ९ जनाको ज्यान गएको छ। गुल्मी, स्याङ्जा र बागलुङमा गरी ९ जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका छन्।

गुल्मीमा पहिरोमा पुरिएर एकै घरका पाँच जनाको मृत्यु भएको छ। गए राति पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचैजनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ। घटनापछि सदरमुकाम तम्घासबाट  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा गएको थियो ।

यस्तै बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु भएको छ। भने बुहारी र नाति घाइते भएका छन्। गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो।

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

 

गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ।

 

यता स्याङ्जामा घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ। गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो।

 

पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको घट्नास्थलमा रहेका प्रहरी सहायक निरीक्षक अमृत भुजेलले जानकारी दिए। ‘राति सुतेका बेला पहिरो खसेको हो’, उनले भने।

 

घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको उनले बताए। पहिरोले ढुङ्गामाटो र जस्तापाताले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पुरिएको छ। पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ।

 

Related News

“नेपालका पाँच विश्वविद्यालय बीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता”
“नेपालका पाँच विश्वविद्यालय बीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता”
  • २०८१ असार १५

दिपायल – नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई...

TOP