२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

आदर्श सरकारले दिन्छ बिदाको दिन पनि न्यायिक सेवा


दिपायल – आदर्श गाउँपालिकाले बिदाको दिन पनि न्यायिक सेवा दिने गरेको छ । गाउँपालिका न्यायीक समितिले समितिमा आएका निवेदन/ उजुरी उपर बिदाको दिन पनि कारबाहीगर्ने गरेको छ ।

न्यायीक सेवालाई थप प्रभावकारी र छिटोछरितो बनाउ न पालिकाका सबै वडाहरूमा तालिमप्राप्त मेलमिलापकर्ताहरुको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक लक्ष्मी रोकायले बताइन् । जनताहरूले न्याय पाउनका लागि धेरै कुर्नु पर्ने अवस्था नआवस्, न्यायमा जनताको सहज पहुँच पुगोस् भन्ने उद्येश्यले समितिमा आएका उजुरीहरु उपर बिदा भएको दिनमा पनि कारबाही गर्ने गरेको उनले बताइन् ।

“लामो समयसम्म उजुरी उपर कारवाही गर्न सकिएन, मेलमिलाप गर्न सकिएन भने समाजमा घट्ने घटनाहरुले उग्र रुप पनि लिन सक्छ,”रोकायले भनिन्,”त्यस्ता घटनाहरुमा न्यायिक निकाय संवेदनशील हुन जरुरी ठानेर जतिसक्दो चाँडो आवश्यक कारवाही गर्ने गरेका छौं ।”

मेलमिलापकर्ताको व्यवस्था गरे पछि धेरैजसो घटनाहरूको समाधान वडा कार्यालयमै हुने गरेकाले पनि गाँउपालिका सम्म त्यस्ता घटनाहरू कमै आउने गरेको संयोजक रोकायले बताइन् । हाम्रो अधिकार क्षेत्र भित्र पर्ने धेरै जसो उजुरीहरु वडामै समाधान हुन्छन्,” उनले भनिन्,”गाउँपालिकामा आएका उजुरी ऊपर हामी तुरुन्तै कारबाही अघि बढाउछौं। चित्त नबुझे पछि अदालत जाने बाटो छदैछ तर हाम्रो अधिकार क्षेत्रभित्र पर्ने घटनाका सन्दर्भमा आजसम्म अदालत पठाउनु परेको छैन ।”

यस वर्ष न्यायिक समितिमा ३ वटा मुद्दा परेका थिए । जसमध्ये आली धुरका २ वटा फर्छ्यौट गरिएको छ भने ज्याला सम्बन्धीको एउटा मुद्दा विचाराधीन रहेको छ । गत वर्ष न्यायिक समितिमा १० वटा उजुरी परेका थिए । ती सबै उजुरीहरु न्यायिक समितिबाटै किनारा लगाएको थियो ।

गाउँपालिकाले इजलास निर्माण गरी अदालती प्रक्रियामा मुद्दाको किनारा लगाउने गरेको छ । कानूनी सल्लाहकार बिना आफैले कानुनको अध्ययन गरेर न्यायिक समिति सञ्चालन गरिरहेको संयोजक रोकायाले बताइन्। कानूनमा हाम्रो अधिकार, काम कर्तव्य र क्षेत्र स्पष्ट छ । हामीले अध्ययन गरेउ भने न्यायिक ढंगबाट निर्णय गर्न काम गर्न सक्छौं । म आफै अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने गर्दछु । मसँग थुप्रै न्याय सँग सम्बन्धित किताबहरू छन्, उनले भनिन् ।

न्यायीक समितिले यस वर्ष गाउँपालिकाका ७ वटै वडामा पुनर्ताजगी तालिम सञ्चालन गरेको थियो । तालिममा सहभागी मेलमिलाप कार्यहरूलाई प्रमाण पत्र वितरण गरिएको छ । त्यस्ता मेलमिलापकर्ताहरुलाई पालिकामा सूचीकृत गरिएको छ ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ असार १४

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP