२०८२ बैशाख १८, बिहीबार
May 1, 2025, Thursday

आदर्शका विद्यालयलाई प्राथमिक उपचार बक्स वितरण


दिपायल –आदर्श गाउँपालिकाले विद्यालयहरूलाई प्राथमिक उपचार बक्स उपलब्ध गराएको छ । आकस्मिक अवस्थामा विद्यालयलाई आबस्यक पर्ने प्राथमिक उपचार सामग्रीहरू वितरण गरिएको हो ।

गाउँपालिकाकोे शिक्षा र स्वास्थ्य शाखाले पालिका अन्तर्गतका ३८ वटा विद्यालयहरूलाई प्राथमिक स्वास्थ्य उपचार सामग्री सहितको बाकस र फिल्टर वितरण गरेको स्वाथ्य शाखा प्रमुख बम बहादुर खड्काले बताए ।

सामग्री वितरणसँगै किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो । ३८ वटा विद्यालयका स्वास्थ्य शिक्षकको सहभागितामा उक्त कार्यक्रम गरिएको हो ।

विद्यालयमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कसरी उपलब्ध गराउने र प्राथमिक उपचार बक्सको प्रयोग कसरी र कुन ९ कुन अवस्थामा गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराइएको थियो ।

गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले वितरण गरिएका सामग्रीहरूको सही सदुपयोग हुनु पर्ने बताए । विद्यालयमा विद्यार्थीहरु आकस्मिक बिरामी, घाइते भएको अवस्थामा ती सामग्रीहरूको प्रयोग हुने पर्ने उनले बताए ।

आदर्श सरकारले पालिकाको शैक्षिक गुणस्तर उकास्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउँदै अध्यक्ष खड्काले विद्यालय क्षेत्र किशोर किशोरी मैत्री बनाइने बताए ।

Related News

डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
  • २०८१ असार १४

दिपायल, वैशाख १७ गते ।  डोटीमा इभि हाइस दुर्घटना हुँदा...

TOP