दिपायल– नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका १८ सामुदायिक तथा निजी विद्यालयमा राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम दिन सुरु गरेको छ ।
प्रदेशका नौ जिल्लाका १८ विद्यालय छनोट गरेर तालिमको दिन सुरु गरिएको सुदूरपश्चिम पतृना अत्तरिया तेघरीले जनाएको छ ।
छनोट भएका विद्यालयमा सेनाका बाहिनी, गण तथा गुल्मपतिले तालिमको थालनी गरेका हुन् ।
तालिमका लागि डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा एक÷एक विद्यालय छनोट गरिएको छ । त्यस्तै कञ्चनपुरका ६, कैलालीका तीन, डडेल्धुरा र दार्चुलामा दुई÷दुई विद्यालय छनोट गरिएको छ ।
जुनियर डिभिजन तालिममा छनोट भएका विद्यालयका मावि तहमा अध्ययनरत १८ छात्रा र १८ छात्र गरी ३६ जना सहभागी रहने सेनाले जनाएको छ । सेनाले दिएको जानकारीअनुसार २०२२ सालदेखि मुलुकमा सेनाले विद्यार्थीलाई सो तालिम दिँदै आएको र हालसम्म ७४ हजारभन्दा बढी विद्यार्थीले तालिम लिइसकेको जनाएको छ ।
युवा वर्गलाई अनुशासित, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय सेवा दलको जुनियर र सिनियरतर्फको तालिम विद्यालयमा सञ्चालन गर्दै आएको छ ।
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...