२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

असारको दोस्रो सातासम्म ९ प्रतिशत सकियो धान रोपाइँ, ५७ हजार हेक्टर रोपाइँ क्षेत्र घट्ने अनुमान

काठमाडौं– २०८१ सालको असार १२ गतेसम्म कूल रोपाइँ क्षेत्रको ९.८ प्रतिशत हो। गत वर्षको यसै अवधिमा ८.७५ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो।

नेपालको कूल १३ लाख ९८ हजार ८३६।७३ हेक्टर रोपाइँ क्षेत्र रहेको छ। जसमध्ये १ लाख ३६ हजार ४११.५ हेक्टरमा धान रोपाइँ भएको कृषि विभागले जनाएको छ।

२०८० मा १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रमा कूल रोपाइँ भएको थियो। अघिल्लो वर्षको तुलनामा २०८० मा २० हजार हेक्टर घटेको थियो। यस वर्षभने करिब ५७ हजार हेक्टर रोपाइँ क्षेत्र घटेको विभागले जनाएको छ। यो वर्ष ५६ हजार ९५२।२७ हेक्टर धान रोपाइँ क्षेत्र घट्ने अनुमान रहेको विभागका उपमहा निर्देशक अरुण काफ्ले बताउँछन्।

‘कति रोपाइँ हुन्छ भन्ने अहिले ठेट तथ्यांक निकाल्न सकिँदैन। यो रोपाइँ गर्दै जाँदा थाहा हुने हो। यो प्रदेश तहले पठाएको तथ्यांक हो। कतिको पानी पर्छ त्यसैअनुसार रोपाइँ सकिएपछि कति रोपाइँ हुन्छ त्यहिबेला थाहा हुन्छ,’ काफ्लेले भने।

सबैभन्दा बढि सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम मधेस प्रदेशमा रोपाइँ भएको छ। सुदुरपश्चिम प्रदेशमा २५ प्रतिशत धान रोपाइँ सकिएको विभागले जनाएको छ। यस्तै मधेस प्रदेशमा जम्म २।९ प्रतिशत मात्रै रोपाइँ भएको हो।

जसमध्ये कोशी प्रदेशमा १५ हजार ३६०.०३ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ। यो कूल रोपाइँ क्षेत्रको ५.६ प्रतिशत हो। गत वर्षको यसै अवधिमा ६.५ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको थियो। कोशी प्रदेशको कूल रोपाइँ क्षेत्र २ लाख ७६ हजार ३८६.७३ हेक्टर रहेकामा १५ हजार ३६०.३ हेक्टरमा रोपाइँ भएको विभागले जनाएको छ।

यस्तै मधेश प्रदेशमो ११ हजार ४०.०३ हेक्टर क्षेत्रमा धान रोपाइँ भइसकेको छ। यो कूल रोपाइँ क्षेत्रको २.९ प्रतिशत हो। गत वर्षको सोहि अवधिमा पनि २.९ प्रतिशत धान रोपाइँ भएको थियो। मधेस प्रदेशको कूल रोपाइँ क्षेत्र ३ लाख ८३ हजार १५० रहेको विभागको तथ्यांकमा उल्लेख छ।

बाग्मती प्रदेशमा १ लाख १२ हजार २७३ हेक्टर रोपाइँ क्षेत्रमध्ये २० हजार ५५०.०१ हेक्टर जमिनमा धान रोपाइँ भएको छ। यो कूल रोपाइँ क्षेत्रको १८.३ प्रतिशत हो। गत वर्षको यसै अवधिमा ५.० प्रतिशत रोपाइँ मात्र भएको थियो। गत वर्षभन्दा यस वर्ष रोपाइँ १३.३ प्रतिशत वृद्धि भएको छ।

गण्डकी प्रदेशको ९८ हजार ९०४ हेक्टर रोपाइँ क्षेत्रमध्ये ८ हजार २४७ हेक्टर क्षेत्रमा रोपाइँ भएको छ। यो कूल रोपाइँ क्षेत्रको ८.३ प्रतिशत हो। गत वर्ष यसै अवधिमा ६.९ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको थियो।

लुम्बिनी प्रदेशमा कूल क्षेत्रफलको ८.८ प्रतिशत रोपाइँ भएको छ। गत वर्षको यसै अवधिमा १०.९ प्रतिशत क्षेत्रमा रोपाइँ भएको थियो। लुम्बिनीको कूल रोपाइँ क्षेत्र ३ लाख ११ हजार ६४३ हेक्टर हो। जसमध्ये असार १२ गतेको तथ्यांकअनुसार २७ हजार ५७० हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ।

कर्णालीमा ४१ हजार ९०४ हेक्टर कूल रोपाइँ क्षेत्रमध्ये १० हजार १०.१ हेक्टर रोपाइँ सकिएको छ। यो कूल रोपाइँ क्षेत्रको २३.९ प्रतिशत हो। गत वर्षको यसै अवधिमा २२.६ प्रतिशत धान रोपाइँ सकिएको थियो।

सुदूर पश्चिम प्रदेशमा १ लाख ७४ हजार ५७६ हेक्टर कूल रोपाइँ क्षेत्रमध्ये असार १२ गतेसम्म ४३ हजार ६३४.३५ हेक्टरमा धान रोपाइँ सकिएको छ। यो कूल रोपाइँ क्षेत्रको २५ प्रतिशत हो गत वर्षको यसै अवधिमा सुदूरपश्चिममा २२.६ प्रतिशत रोपाइँ सकिएको थियो।

 

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ असार १३

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP