२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

एसईईको नतिजा सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै सार्वजनिक गर्दैछ। आज बिहान बोर्डको अन्तिम बैठक बसेर नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कार्यालयले नतिजा प्रकाशनका लागि हिजै आन्तरिक तयारी पूरा गरिसकेको भए पनि केही काम बाँकी रहेकाले प्रकाशन हुन सकेको थिएन ।

यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जनाइएको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

 

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०८१ असार १३

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP