धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटअन्तर्गतको वार्षिक कार्यक्रम पुस्तिका आधिकारिक रूपमा सार्वजनिक नगर्दै कार्यक्रम पुस्तिकाको ई–कपी बजारमा आएको भन्दै नेपाली कांग्रेस संसदीय दलले आपत्ति जनाएको छ ।
पूर्वमुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आर्थिक मामिला मन्त्रालयले आधिकारिक रूपमा वार्षिक कार्यक्रम पुस्तिका सार्वजनिक नगर्दै कार्यक्रम पुस्तिकाको पीडीएफ कपी बजारमा सार्वजनिक हुनु गलत भएको बताए । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले यस सम्बन्धमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए ।
‘आधिकारिक रूपमा कार्यक्रम पुस्तिका सार्वजनिक नगर्नुमा पनि हाम्रो आपत्ति थियो । त्यसैमा अनधिकृत ढंगले पुस्तिकाको ईकपी बाहिरिएको छ,’ संसदीय दलका नेता शाहले भने ‘के भएको हो भन्ने कुराको सत्यतथ्य सार्वजनिक होस् । छानबिन समिति गठन गर्नुपर्छ ।’
यस सम्बन्धमा बुझ्न खोज्दा आर्थिक मामिला मन्त्रालयका सचिव कमानसिंह खत्रीले फोन उठाएनन् । प्रमुख सचिव डा। हरि लम्सालले आर्थिक मामिला मन्त्रालयका सचिव खत्री काठमाण्डौंमा भएकाले आफूले आवश्यक बुझिरहेको बताए ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...