२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन्।

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए।

पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब छ।

 

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ असार ११

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP