२०८१ माघ २, बुधबार
January 15, 2025, Wednesday

वैवाहिक बलात्कारको आरोपमा एक जना पक्राउ

धनगढी- श्रीमती जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन्।

कञ्चनपुरका ३३ वर्षीय पुरुष पक्राउ परेका हुन्। उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखड कैलालीका प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले बताए। शाहकी श्रीमतीले जबरजस्ती करणीमा उजुरी दर्ता गरेकी थिइन्।

उनले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालत कैलालीले असार ३ गते शाह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिए। शाहलाई नेपालगञ्जबाट सोमबार इलाका प्रहरी कार्यालय सुखडमा ल्याएर हिरासतमा राखिएको छ। मङ्गलवार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी निरीक्षक साउँदले बताए।

 

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०८१ असार ११

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP