दिपायल- बोगटान फुड्सिल गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ४४ करोड २४ लाखको बजेट ल्याएको छ । सोमबार गाउँपालिकाको १६ औँ अधिवेशनमा गाउँ सभाका सदस्य तथा गाउँपालिकाका उपाध्यक्ष विष्ना देवी बमले ४४ करोड २४ लाखको बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ल्याएको बजेट गत वर्षको बजेट भन्दा ६७ लाख पाँच हजार ६ सयले बढी हो । चालु आर्थिक वर्षका लागि पालिकाले ४३ करोड ५६ लाख ९४ हजार चार सय बराबरको बजेट ल्याएको थियो ।
आर्थिक वर्ष ०८१/०८२ मा गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त चालु खर्च, पुजिँगत खर्च, वित्तीय व्यवस्थाको रकम सहित बजेट प्रस्तुत गरिएको हो । यसअघि वैशाख ७ गते १५ औं गाउँसभाको पहिलो बैठकमा पेस गरिएको नीति तथा कार्यक्रम वैशाख १३ गते बसेको गाउँ सभाको दोस्रो बैठकले पास गरेको थियो ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...