धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदिय दलका नेता एवं पूर्व मुख्यमन्त्री कमल वहादुर शाहले सुदूरपश्चिममा वर्तमान गठवन्धन सरकाले अहिलेसम्म रातो किताब सार्वजनिक नगर्नुमा थुप्रै आशंका रहेको बताएका छन् ।
असार १ गते प्रदेश सभामा आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले प्रस्तुत गरेपनि प्रदेश सरकारले अहिलेसम्म पेश नहुनुमा सरकारको स्वार्थ बाँझिएको सोमबार पत्रकार सम्मेलनको आयोजना गरि बताएका हुन् ।
‘नयाँ गठवन्धनको सरकार गठन भएपछि वजेट निर्माण र सदनमा पेस पनि गरिसकेको छ । रातो किताब अहिले सम्म नआउनुमा थुप्रै आसंका रहेको छ’ उनले भने –‘सरकारको नेतृत्व हाभी हुनु, मनपरी ढंगले योजना हाल्नु, वजेट पास नहुने डरले रातो किताब नल्याउनु लगायत थुप्रै आशंकाहरु देखिएका छन् ।’
उनले रातो किताब नआएका कारण सुदूरपश्चिमका सम्पुर्ण पालिकाको वजेट ल्याउने प्रक्रियामा समेत प्रभाव पारेको बताए ।
सररकार गठन पछि विस्तार भएका मन्त्री मन्त्रालय विहिन र मन्त्रालय मन्त्रि विहिन भएको अवस्था रहेको वताउदै दलका नेता शाहले भने– ‘आर्थिक स्रोत खुम्चिएको समयमा थप व्ययभार थपिन्छ । सरकार वचाउन मात्र मन्त्रालय फुटाउने काम भइरहेको छ ।’
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...