२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

कैलालीका १२ स्थानीय तहले ल्याए आगामी आर्थिक वर्षको बजेट, अधिकाँसमा पेश भएकै दिन पारित

धनगढी । कैलालीका १२ स्थानीय तहले आगामी आर्थिक वर्षको अनुमानित बजेट नगर तथा गाउँ सभामा प्रस्तुत गरेका छन् । जिल्लाको लम्की चुहा नगरपालिकाबाहेक सबै स्थानिय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सभामा पेश गरेका हुन् ।

असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्यय अनुमान पेश गर्नुपर्ने कानुनी व्यवस्था अनुसार कैलालीका १२ वटै स्थानीय तहले सभामा बजेट पेश गरेका हुन् । १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा पेश गरि पारित गरेका छन । सभामा बजेट पेश गरेका अधिकाँस स्थानीय तहहरुले व्यापक छलफलबिनै पारित गरेको जनाएको छ ।

जिल्लाका पाँच स्थानीय तहले सभामा पेश गरेको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित गरिसकेका छन् । प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले दुई अर्व १८ करोडको अनुमानित बजेट सभामा पेश गर्दै पारित गरिसकेको छ भने जिल्लाको दुर्गम मानिएको मोहन्याल गाउँपालिकाले ५३ करोड ५३ लाख अनुमानित बजेट सभामा पेश गरि पारित गरिसकेको छ ।

असार ५ गते गाउँसभामा आगामी आर्थिक वर्षका लागि ६८ करोड ५६ लाख १८ हजार अनुमानित बजेट ल्याएको जानकी गाउँपालिकाले पनि सर्वसम्मत पारित गरेको छ भने ९ गते भजनी नगरपालिकाले ६८ करोड ९७ लाख ६० हजार अनुमानित रकमको बजेट पारित गरेको छ ।

टीकापुर नगरपालिकाले पनि आइतबार ८५ करोड ४४ लाख १० हजारको बजेट सभामा पेश गर्यो । सोमाथि व्यापक छलफल नगरि पारित भएको जनाइएको छ । टीकापुरले कुल बजेटमा चालु र साधारण खर्च १६ करोड, नगरपालिकाको प्राथमिकताका योजनामा ११ करोड, सबै वडाका लागि छ करोड, वडामा कालोपत्रेका लागि करीब ९ करोड बजेट विनियोजन गरेको छ ।
गोदावरी नगरपालिका, घोडाघोडी, गौरिगंगा नगरपालिका, बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सभामा पेश गरेको छ ।

सभामा पेश भएका बजेटमध्ये सबैभन्दा कम चुरे गाउँपालिका रहेको छ । सो गाउँपालिकाले ४९ करोड बराबरको अनुमानित बजेट सभामा पेश गरेको छ ।

जिल्लाको गोदावरी नगरपालिकाले आइतबार एक अर्व २२ करोड ३३ लाख ६५ हजारको अनुमानित बजेट सभामा पेश गरेको छ ।

बर्दगोरिया गाउँपालिकाले ८० करोड एक लाख बराबरको अनुमानित बजेट आइतबार पेश गरेको छ ।

कैलारी गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि ७७ करोड २१ लाख १२ हजारको बजेट ल्याएको छ । सोमबार भएको आर्थिक बर्ष २०८०/०८१ सालको गाउँसभा अधिवेशन (बर्षे/बजेट अधिवेशन) बाट संघीय सरकारबाट ६५ करोड ५२ लाख ८ हजार, प्रदेश सरकारबाट २ करोड ९६ लाख ६७ हजार, गाउँपालिका आन्तरिक आय २ करोड ५६ लाख ५० हजार र गैरसरकारी संघ संघको कार्यक्रम ६ करोड १५ लाख ८७ हजार गरी कुल ७७ करोड २१ लाख १२ हजार बजेट गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी प्रस्तुत गरिन् ।

सोमबार गौरिगंगा नगरपालिकाले ९५ करोड ४५ लाख ९७ हजारको अनुमानित बजेट पेश गरेका छन् ।

सोमबार घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९७ करोड ४४ लाख ८७ हजार रकमको अनुमानित बजेट सभामा पेश गरेको थियो । सो बजेटमाथिको छलफलमा कार्यपालिका सदस्यहरुले भाग नलिएपछि सर्वसम्मति ढंगले पारित भएको छ ।

बजेट ल्याउने समयमा नगर प्रमुख विदेश

लम्की चुहा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभामा पेश गरिसकेको छ । तर, असार १० गतेभित्र ल्याइसक्नुपर्ने बजेट भने सभामा पेश गरेको छैन् ।

नगर प्रमुख शुशिला कुमारी शाही वैदेशिक भ्रमणमा रहेकाले नगरको बजेट समयमै आउन नसकेको जनाइएको छ । नगर प्रमुख शाही विदेशबाट फर्केपछिमात्र नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ल्याइने जनाइएको छ ।

नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट असार २५ गते सभामा पेश हुने नगर उपप्रमुख जुना थारुले बताइन् ।

हेरौं कुन पालिकाको बजेट कति ?

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८१ असार १०

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP