२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

गृहमन्त्रीलाई संसदमा प्रश्न– महिलाले प्रजनन अंगमा काल बोकेर कहिलेसम्म हिँड्ने ?

काठमाडौं– छाउपडी गोठमा किशोरीमाथि भएको आक्रमणबारे संसदमा कुरा उठेको छ । राष्ट्रिय सभा सांसद रेणु चन्दले घटनाबारे संसदलाई जानकारी गराउँदै गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराईन् ।

आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले महिलाहरु प्रजनन अंगमा मृत्यु बोकेर कहिलेसम्म हिँड्ने ? भन्दै गृहमन्त्रीलाई प्रश्न पनि सोधिन । छाउपडीको विषय निकै गम्भीर र संवेदनशील रहेको जनाउँदै सांसद चन्दले गृहमन्त्रीलाई सदनमा उभिएर जवाफ दिन माग गरेकी छन् ।

‘छाउपडी गोठमा बसिरहेको किशोरीमाथि आक्रमण भएको छ । महिलाहरुले आफ्नो जीवनको अवधिमा करिव करिव ३० वर्षसम्म महिनावारी हुन्छौँ । यो हाम्रो जीवनको सबैभन्दा सक्रिय काल पनि हो । यसमा बच्चाबच्ची जन्माउँछौँ । करियर अघि बढाउँछौँ । औषत आयु जो नेपाली महिलाको छ, त्यसको लगभग आधा अवधि हुन जान्छ’, उनले भनिन्, ‘यो हाम्रो समाजमा प्रचलित सामाजिक प्रथा हो । प्रजनन अंगमा काल बोकेर मृत्यु बोकेर कहिलेसम्म हामीले हिँड्ने हो । हामी महिलाहरु आफ्नो शरीरमा मृत्यु बोकेर हिँड्ने ? यसको जवाफ कसले दिने हो ? गृहमन्त्रीज्युले यहाँ आएर जवाफ दिनुपर्छ । यो धेरै संवेदनशील कुरा छ ।’

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ असार ९

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP