२०८१ पुष २८, आईतवार
January 12, 2025, Sunday

सुदूरपश्चिम प्रदेश प्रयोगशालाको निर्देशकमा प्रयोगशालाकर्मीनै नियूक्त गर्नुपर्ने माग

धनगढी । सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनस्वास्थ्यकर्मीलाई निमित्त निर्देशक तोकिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवस्तरिय निर्णयबाट आठौं तहका शिवराज सुनारलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो । निमित्त निर्देशकमा जनस्वास्थ्यकर्मीलाई तोकिएपछि प्रदेशको मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)ले आपत्ती जनाएको छ ।

जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको जिम्मेवारी विषय विज्ञलाई नदिइएको प्रति उनीहरुले आपत्ती जनाएका छन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुदूरपश्चिम प्रदेश स्वीकृत दरबन्दी विपरित समूह तथा उपसमूह नमिल्ने वरिष्ठ जनस्वास्थ्य अधिकृतलाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकमा जिम्मेवारी दिएको उनीहरुको भनाई छ ।

‘कोरोना महामारीका बखत सोको निदान, नियन्त्रण तथा रोकथामका लागि निभाएको भूमिका होस या रोग निदानमा आधुनिक चिकित्सा पद्दतिको मेरुदण्डको रूपमा रहेको क्षेत्र प्रयोगशाला हो । यसमा कुशल प्रशासकका रूपमा विषय विज्ञ हुनु आवश्यक छ भन्ने कुराको जानकारी गराउछौं’ मेलानका अध्यक्ष दीपेन्द्र प्रसाद तिवारीले भने ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा विगत चार वर्षदेखि रामप्रसाद ओझाले प्रमुखका रुपमा काम गरिरहेका थिए । उनले भने –‘मलाईनै प्रमुख बनाउनुपर्छ भन्ने मेरो माग होइन् । तर, प्रयोगशालाको जिम्मेवारी प्रयोगशालाकर्मीलाईनै दिनुपर्छ । यहाँ जनस्वास्थ्यकर्मीलाइ नेतृत्व दिनु उचित होइन् ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा निर्देशकका रुपमा ११ औं तहको व्यक्तिलाई बनाउनुपर्ने गरि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) जारी भएको छ ।

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०८१ असार ७

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP