धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाको नगर सभा झण्डै एक वर्ष पछि बस्ने भएको छ ।
जग्गा कित्ताकाट सम्बन्धि कार्यविधिमा नगर प्रमुख र कार्यपालिका सदस्यबिच विवाद भएपछि हिउँदमा गर्नुपर्ने नगर सभा बस्न सकेको थिएन् । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाँध्यकारी भएकाले भोली शुक्रबार नगर सभा आह्वान गरिएको हो ।
झण्डै एक वर्षपछि बस्न लागेको नगर सभामा आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पेश हुने कार्यसूचिमा रहेको छ । यसका साथै नगरलाई आवश्यक पर्ने नयाँ ऐन, कार्यविधि, नीतिहरु पनि सभामा पेश हुने जनाइएको छ ।
नीति तथा कार्यक्रम तयार भइसकेको छ । बजेटको आकार पनि चालु आर्थिक वर्षको तुलनामा बृद्धि भएर आउने जनाइएको छ ।
आगामी आर्थिक वर्षका लागि उपमहानगरपालिकाले वडामा १२ करोड ९७ लाख ५० हजारको बजेट सिलिङ्ग पठाएको थियो ।
चालु आर्थिक वर्षमा धनगढीको बजेट एक अर्ब ९३ करोड रहेको थियो ।
बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर ल्याइने जनाइएको छ ।
दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...