२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

एनएचपिसीले बुझायो एसआर-६ र पश्चिम सेतीको मस्यौदा डिपिआर


दिपायल- भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र एसआर–६ जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ ।

लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीका अनुसार एनएचपिसीले आज मात्रै डिपिआरको मस्यौदा बुझाएको हो । कम्पनीले डिपिआरको मस्यौदा बुुझाएसँगै आवश्यक अध्यन प्रक्रियापछि अन्तिम डिपिआर तयार हुने उनले बताए ।
यसअघिको अध्ययनमा एसआर–६ आयोजनाको लागत आठ सय मिलियन अमेरिकी डलर र पश्चिम सेती आयोजनाको लागत एक हजार तीन सय २० मिलियन अमेरिकी डलर बराबर अनुमान गरिएको थियो ।

४५० मेगावाट क्षमताको एसआर–६ र ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाका लागि २०७९ भदौ २ गते लगानी बोर्ड र एनएचपीसी लिमिटेडबिच सम्झौता भएको थियो ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ असार ५

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP