२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

दार्चुलाको भूमिराज विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या

दार्चुला– दार्चुलाको भूमिराज आधारभूत विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ । शैल्यशिखर नगरपालिका–४ तल्लोकाँडापारी रहेको भूमिराज आधारभूत विद्यालयको छाना अस्ति सोमवार बेलुका हावाहुरीले उडाएको हो ।

हावाहुरीले जस्तापाताले छाएको विद्यालयको चार कोठे भवनको छाना उडाएको र पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक शंकरदत्त भट्टले बताउनुभयो । हावाहुरीले अर्को तीन कोठे भवनमा पनि आंशिक क्षति पुर्‍याएको छ । विद्यालयभित्र रहेका शैक्षिक सामग्रीमा पनि क्षति पुगेको छ ।

२०६५ सालमा निर्माण भएको विद्यालय भवनमा दोस्रोपटक हावाहुरीले क्षति पुर्‍याएको हो । दुई सय ५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयको भवनमा क्षति पुगेपछि नियमित पढाई प्रभावित भएको छ ।

 

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ असार ५

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP