२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

संसद भवनमा प्रहरीका कमान्डोले आफैँलाई हाने गोली

काठमाडौँ- नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन् ।

उनले शौचालयमा गोली हानेको स्रोतले बताएको छ । २२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानेको हो ।

नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत उनी २०७८ मा भर्ना भएका थिए । उनी बिहान ड्युटी गरिरहेका थिए । सोही क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेका थिए ।

 

Related News

नयाँ सरकार गठनबारे ओलीको कार्यकक्षमा कांग्रेस–एमाले छलफलमा
नयाँ सरकार गठनबारे ओलीको कार्यकक्षमा कांग्रेस–एमाले छलफलमा
  • २०८१ असार ५

काठमाडौँ– नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका...

TOP