२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

कैलालीको कुलोमा डुबेर किशोरको मृत्यु, मेलामा बेहोस भएकाको पनि ज्यान गयो

कैलाली- कैलालीको कुलरिया कुलोमा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका–५ अमौरामा कुलरिया खर्गौली बड्का बिच्की कुलोको इन्टेकमा लम्कीचुहा–५ थापापुरका १८ वर्षीय कैशाल विष्टको डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कबिन्द्र सिंह बोहराका अनुसार सात जनाको समूहमा गएका उनी डुबेका थिए। स्थानीय र प्रहरीले उनको उद्धार गरेका थिए। तर, टीकापुर अस्पतालका चिकित्सकले मङ्गलवार साँझ उनलाई मृत घोषणा गरेका हुन्।

त्यस्तै कैलालीको बेहडाबाबा मेलामा बेहोस भएका एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१६ रामपुरमा लागेको गंगादशरा मेलामा बेहोस भएका ५३ वर्षीय बालराम मग्राठीको मृत्यु भएको हो।

मेलामा बेहोस भएका उनलाई एम्बुलेन्समा सेती प्रादेशिक अस्पताल, धनगढी ल्याइएको थियो। सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको हो।

 

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ असार ५

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP