२०८१ माघ ३, बिहीबार
January 16, 2025, Thursday

सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहमा दुई अर्ब ९२ करोड रकम विनियोजन

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा स्थानिय तहमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ५७ करोड बढी रकम बृद्धि गरेर विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा स्थानीय तहमा दुई अर्व ३४ करोड ७५ लाख ७० हजार वित्तिय हष्तान्तरणतर्फ विनियोजन गरेकोमा आगामी आर्थिक वर्षमा ५७ करोड ९४ लाख ४० हजार रकम वृद्धि गरेको हो ।

प्रदेशका ८८ वटा स्थानीय तहलाई समानिकरण, सशर्त, विशेष र समपुरक गरी दुई अर्ब ९२ करोड ७० लाख १० हजार रकम विनियोजन गरेको व्यय अनुमान विवरणमा उल्लेख छ । जसमा चालुतर्फ एक अर्व ४४ करोड ५५ लाख १० हजार र पुँजिगततर्फ एक अर्ब ४८ करोड १५ लाख रहेको छ ।

स्थानीय तहको खर्च आवश्यकता, मानव विकास सूचकांकको अवस्था, राजस्व क्षमता तथा स्थानीय तहहरूबीच रहेको आर्थिक, सामाजिक र अन्य–असमानताको आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा संघीय वित्त आयोगद्वारा निर्धारित सूत्र अनुसार स्थानीय तहलाई प्रदेश सरकारले हरेक वर्ष अनुदान रकम विनियोजन गर्दै आएको छ ।

प्रदेश सरकारले स्थानीय तहमा समानिकरणतर्फ ८६ करोड, सशर्ततर्फ ५६ करोड ७० लाख १० हजार, विशेषतर्फ ५० करोड र समपुरकतर्फ एक अर्व विनियोजन गरेको छ ।

प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा प्रदेश सरकारले आठ करोड २८ लाख २८ हजार रकम विनियोजन गरेको छ । जसमा समानिकरणतर्फ दुई करोड ६९ लाख छ हजार, सशततर्फ एक करोड ७९ लाख ५५ हजार, विशेषतर्फ ८० लाख र समपुरकतर्फ दुई करोड ८९ लाख ६७ हजार रहेको छ ।

प्रदेशमा ३३ वटा नगरपालिकामा एक अर्व २८ करोड ४३ लाख ५२ हजार रकम विनियोजन गरेकोमा ५४ वटा गाउँपालिकामा एक अर्व ५५ करोड ९८ लाख ३० हजार विनियोजन गरेको छ ।

प्रदेश सरकारले सबै भन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुराका स्थानीय तहमा रकम विनियोजन गरेको छ । व्यय अनुमान विवरण अनुसार १३ वटा स्थानी तह रहेको कैलालीमा ५३ करोड १५ लाख ६६ हजार रकम विनियोजन गरिएको छ भने सात स्थानीय तह रहेको डडेल्धुरामा २३ करोड २५ लाख १० हजार रकम विनियोजन गरेको छ ।

व्यय अनुमान अनुसार बाजुरामा २८ करोड ९५ लाख ७४ हजार, बझाङमा ३७ करोड ८७ लाख ४६ हजार, डोटीमा २६ करोड ३१ लाख ७२ हजार, अछाममा २७ करोड ९१ लाख ८३ हजार, दार्चुलामा २९ करोड ७८ लाख ४५ हजार, बैतडीमा ३० करोड एक लाख ४४ हजार रकम विनियोजन गरेको छ भने कञ्चनपुरमा ३५ करोड ४२ लाख ६३ हजार विनियोजन गरिएको छ ।

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०८१ असार ४

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP