२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

काठमाडौं– ६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले आइतबार एक चिनियाँ नागरिक बताउने व्यक्तिलाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

सिआइबीले ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा अवैध सुन खरिद बिक्री बापत सुनको भुक्तानी क्रिप्टोकरेन्सी ९युएसडिटी० बाट दिने मानिसहरूको खोजी गरिरहेको थियो।

सोही क्रममा सिआइबीले काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तीनचुलीमा डेरा गरी बस्ने शेरब ग्याल्मो भनिने सोनाम गुरूङलाई पक्राउ गरेको हो।

उनले आफू चिनियाँ नागरिक रहेको भनेर प्रहरीलाई बताएका छन्। उनको कोठामा तलासी लिँदा प्रहरीले ६ किलो सुन र ४८ लाख नगद बरामद गरेको थियो।

बरामद भएको सुनको आधिकारिक तौल र परीक्षण गर्न बाँकी रहेको सिआइबीले जनाएको छ। प्रहरीले उनको कोठाबाट सोनाम गुरूङ नाममा रहेको नेपाली नागरिकता समेत बरामद गरेको छ।

 

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ असार ३

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP