काठमाडौं- सहकारी ठगीमा मुछिएका जिबी राईलाई समात्न जाने भनी प्रहरी मुख्यालयले पठाएको पत्र बीचैमा गायव भएको छ ।
प्रहरी मुख्यालयले दुई जना अनुसन्धानकर्तालाई मलेसिया पठाएर जिबीलाई नेपाल ल्याउने योजनाअनुरुप सहयोगको आग्रह गर्दै अघिल्लो सोमबार गृह मन्त्रालयलाई पत्र लेखेको थियो ।
‘मलेसिया सरकार र त्यहाँको प्रहरीसँग समन्वय गरेर पक्रन आवश्यक पहलकदमी गर्नुपर्ने हुनाले दुई जना प्रहरी कर्मचारीलाई मलेसिया जानको लागि स्वीकृतार्थ……’ व्यहोराको पत्र गृहमन्त्रीको रुचिमा नपरेपछि त्यसै अड्किएको हो ।
प्रहरीसँग यथेष्ट बजेट नभएकाले त्यसको समेत प्रबन्ध गरिदिन गरिएको आग्रहसहितको पत्रको जवाफ नआएपछि यसलाई प्रहरी अधिकारीहरूले अनुमति नपाएको अर्थमा बुझेका छन् ।
सहकारी र कैलाश सिरोहिया प्रकरणमा सहयोग नगरेको आरोप लगाएर आइजी ‘सेक्न’ तम्सिएका लामिछानेले जिबी राईलाई पक्रन भने उल्टो असहयोगी भूमिका खेलिरहेको आजको जनआस्था साप्ताहिकमा समाचार छ । समाचारमा भनिएको छ,“ आफू गृहमन्त्री भएको २ दिनमा जिबीलाई समातेर नेपाल ल्याउने लामिछानेको च्यालेञ्ज थियो । उक्त कुरा अहिले पनि संसद्को रेकर्डमा छ । तर, गृहमन्त्री बनेको महिनौँसम्म जिबीलाई समात्न नसकेका उनले यसबारे प्रश्न उठ्दा ‘छिट्टै थाहा पाउनुहुनेछ’ भनी फुत्किने गरेका छन् ।”
दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा...