२०८१ असार २९, शनिबार
July 13, 2024, Saturday

जोखिम मोलेरै भए पनि शैक्षिक सुधार गरिन्छः नगर प्रमुख बलायर

दिपायल– शिखर नगरपालिकाका नगर प्रमुख दिर्घबहादुर बलायरले नगरको शिक्षा सुधारका लागि हरेक जोखिमसंग लड्न तयार रहेको बताएका छन् ।

शुक्रबार नगरको शिक्षाको महाशाखाको आयोजनामा भएको तीन दिने एकीकृत पाठक्रम सम्बन्धि कस्टमाइज्ड तालिमको समुदघाटन् गर्दै नगर प्रमुख बलायरले शिक्षा सुधार नगरको प्राथमिकता रहेकाले आउने जोखिमको सामना गर्न तयार रहेको बताएका हुन् ।

‘राजनीति रूपमा घाटा लागे पनि, धम्की आए पनि, गाली पाइए पनि बालबालिकाको भविष्यका लागि आफ्नो कार्यकालमा शैक्षिक सुधार गरेरै छाड्छु’ उनले भने ‘त्यसको सुरुवात भइसकेको छ । जस अन्तर्गत विद्यालय समायोजन, शिक्षक दरबन्दी मिलान, शिक्षक भेला, विद्यालय अनुगमन, अभिभावक शिक्षक, जनप्रतिनिधि बीच छलफल, शिक्षकको क्षमता विकास लगायतका कार्यक्रम गरिदै आएको छ ।’

उनले शिक्षा सुधारबाटै मात्र नगरको विकास सम्भव रहेको बताए । उनले भने –‘शिक्षानै आम्दानीको प्रमुख स्रोत पनि बन्न सक्छ ।

Related News

त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
  • २०८१ जेष्ठ ३२

काठमाडौं– नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ...

TOP