धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले तेस्रो पटक मन्त्रीपरिषद विस्तार गरेका छन् ।
आज सत्तागठबन्धन दललाई समेट्दै मुख्यमन्त्री सोडारीले ११ सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन् ।
मुख्यमन्त्री सोडारीले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सहित आन्तरिक मामिला तथा कानुन र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्व लिने गरी जिम्मेवारी विभाजन गरेका छन् ।
प्रदेशको आर्थिक मामिला मन्त्रीमा नेकपा एमालेका प्रदेश सभा सदस्य सुरेन्द्र पाल, सामाजिक विकास मन्त्रीमा ओमविक्रम भाटलाई जिम्मेवारी दिँदै मन्त्रीपरिषद गठन गरे ।
आज नियूक्त भएका नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावल, लक्ष्मी विक, एकीकृत समाजवादी पार्टीकी माया पन्त र नेकपा एमालेका हिरा सार्की र विरबहादुर थापा विना विभागिय मन्त्रीमा नियूक्त भए ।
सोमबार साँझ उनीहरुले प्रदेश प्रमुख नजिर मियाँसंग पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
यसअघि नागरिक उन्मुक्ति पार्टीबाट भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा टीका थापा र भौतिक पूर्वाधार मन्त्रीमा कैलाश चौधरी नियूक्त भइसकेका छन् ।
दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको...