२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

इजरायली राजदूतद्वारा विपिन जोशीका परिवारसँग भेट, बिपिन छिट्टै फर्किने आश्वासन

धनगढी– सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका बेला हमासले आक्रमण गरी बेपत्ता बनाएका विपिन जोशीको परिवारलाई इजरायली राजदूत हेनान गोडर र स्डोट नेगेभ कलेजका अध्यक्ष प्रा. हाइम शाकदले भेट गरेका छन् । आइतबार राति विपिनको घर कञ्चनपुरको महेन्द्रनगर पुगेर कलेजका अध्यक्ष र राजदूतले भेट गरेका हुन् । भेटका क्रममा विपिनको उद्धारका लागि इजरायल सरकार निरन्तर खोजी कार्यमा लागिरहे पनि उपलब्धि नभएको तर विपिनको अवस्था एक दिन पत्ता लाग्ने र छिट्टै घर फर्कनेमा इजरायल सरकार विश्वस्त रहेको राजदूत हनान गोडेरले बताए। इजरायलमा पुगेर बेपत्ता हुनुभएका विपिन जोशीलाई इजरायलले आफ्नै परिवारको सदस्य मानेको पनि राजदूत गोडरले बताए ।

विपिन काम गर्ने कलेज र फार्मले आफ्नो तर्फबाट सेवा सुविधा र क्षतिपूर्तिको केही दिन खोजे पनि परिवारले अस्वीकार गर्दै आएको छ आइतबारको भेट परिवारका सदस्यलाई सान्त्वना दिन र इजरायलका तर्फबाट दिन खोजेको सुविधा लिइदिन अनुरोध गरेको छ । इजरायली टोलीले विपिनको परिवारसँग गोप्य भेट गरेको हो विश्वविद्यालय स्रोतले जनाएको छ । भेटमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त, कृषि विज्ञान सङ्कायका डीन डा. विष्णुविलाश अधिकारीसँगै भए पनि दूतावासको टोलीले जोशीका परिवारलाई छुट्टै भेटेको छ ।

वि.सं. २०८० साल असोज २० गते देखि बेपत्ता जोशीको अवस्था अझै अज्ञात छ । नेपाल सरकारले पनि कूटनीतिक पहल गरेर विपिनको रिहाइ गर्ने आश्वासन दिए पनि उहाँको अवस्थासम्म सार्वजनिक हुन सकेको छैन । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका डीन डाक्टर विष्णुविलाश अधिकारीका अनुसार राजदूतावासको टोलीले आज सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी, इजरयलमा मारिएका कैलालीका विद्यार्थीहरू नारायण न्यौपाने र आशीष चौधरीका परिवारलाई भेटने कार्यक्रम छ भने आजै इजरायलमा मारिएका विद्यार्थीहरू पढेको कलेट टीकापुर बहुमुखी क्याम्पसमा पनि भेटने कार्यक्रम छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट कृषिका विद्यार्थीहरू इजरायल घटनामा मारिएपछि राजदूतावासको टोली पटक पटक विश्वविद्यालय र मृतक विद्यार्थी र बेपत्ता जोशीको परिवारलाई भेटघाटमा आउने गरेको छ । मारिएका दश जनाको आश्रित परिवारलाई इजरायल सरकारको कानुन अनुसार मासिक पेन्सन दिन सुरु गरेको छ तर कति दिन्छ भन्ने सार्वजनिक गरेको छैन ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ जेष्ठ २८

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP