२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

मन्त्रालय थपेर सत्तागठबन्धनलाई सरकारमा ल्याउने तयारीमा मुख्यमन्त्री सोडारी

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले मन्त्रालय फुटाएर सत्ता गठबन्धन दललाई सरकारमा ल्याउने तयारी गरेका छन् ।

सत्तारुढ दलहरुमा मन्त्रालय भागबण्डामा सहमति भएपछि मुख्यमन्त्री सोडारीले मन्त्रालय फुटाउने तयारी गरेका हुन् । गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियूक्त सोडारीलाई एमाले र नेकपा माओवादीको सहयोग नहुँदा मन्त्रीमण्डल विस्तार गर्न कठिनाई रहेको थियो ।

नेकपा एमालेले तीन र नेकपा माओवादी केन्द्रले दुई मन्त्रालय लिने सहमति भएपछि मुख्यमन्त्री सोडारीले मन्त्रालय फुटाउने योजना लिएको जनाइएको छ ।

मुख्यमन्त्रीमा नियूक्त हुँदा नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सभा सदस्य टीका थापालाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र भौतिक पूर्वाधार मन्त्रीमा कैलाश चौधरीलाई नियूक्ती गरेका थिए ।

अहिले नेकपा माओवादी केन्द्रले सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ भने तीन मन्त्रालय पाएको एमालेलाई सरकारमा ल्याउन एक मन्त्रालय फुटाउनुपर्ने बाँध्यता रहेको छ ।

नेकपा एमालले आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने छ भने भौतिक पूर्वाधार मन्त्रालयलाई फुटाएर सिंचाई, खानेपानी र उर्जा मन्त्रालय बनाइने भएको छ ।

एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा बीर बहादृर थापा, सुरेन्द पाल र हिरा सार्कीको चर्चा रहेको छ भने नेकपा माओवादी केन्द्रबाट ओमविक्रम भाट र अक्कल रावल मन्त्री हुने सम्भावना रहेको छ ।

एमालले सरकारमा जाने मन्त्रीको नाम तयार गरेको भएपनि अन्तिम निर्णय हुन नसकेको जनाइएको छ ।

माओवादीले पाउने सामाजिक विकास मन्त्रालयमा भाट र वन, पर्यटन र उद्योग मन्त्रालयमा रावललाई पठाउने तयारी छ । माओवादीबाट सरकारमा पठाउँदा पार्टीले एक जना महिलालाई मन्त्री बनाउने चर्चा गरिएको भएपनि अन्तिममा दुई जना पुरुषनै पार्टीले नाम टुङ्गो लगाएको छ ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०८१ जेष्ठ २७

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP