२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

बझाङका पत्रकार सिंहलाई २०२३ को वातावरण पत्रकारिता पुरस्कार

काठमाडौं- नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले यस वर्षको वातावरण पत्रकारिता पुरस्कार वसन्तप्रताप सिंहलाई दिने भएको छ । कान्तिपुर दैनिकमा कार्यरत सिंह वातावरण क्षेत्रमा निरन्तर खोजमूलक समाचार लेख्दै आएका छन् ।

नेवापस ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा ३ दशकदेखि वातावरण क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । सन् २०२३ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनोट गरी यो पुरस्कार प्रदान गर्ने निर्णय भएको समूहले जनाएको छ ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार’ पाउने सिंह ३७ औं पत्रकार हुन् । उनलाई समूहको आगामी साधारण सभामा पुरस्कार हस्तान्तरण गरिने नेवापसले जनाएको छ ।

Related News

राष्ट्रपति भेट्न शीतलनिवासमा प्रचण्ड
राष्ट्रपति भेट्न शीतलनिवासमा प्रचण्ड
  • २०८१ जेष्ठ २३

काठमाडौं– आफू नेतृत्वको सरकार ढलेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति...

TOP