२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

खोलाले बगायो जिप, दुई जना बेपत्ता

इलाम- बोलेरो जिपलाई खोलाले बगाएको छ। इलामको लारूम्बा गाउँबाट दमकतिर आउँदै गरेको बोलेरो जिपलाई इलामकै चुलाचुली गाउँपालिका वडा ५ चपेटीभन्दा माथिको रतुवा खोलाले बगाएको हो।

उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार थिए। ६ जनामध्ये ४ जनाको उद्धार भएको छ भने एक जना सात वर्षका बच्चा र उनको आमा बेपत्ता भएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरूङले जानकारी दिए।

घटना केहीबेर अघि भएको हो। गाडीको नम्बर भने खुलिसकेको छैन। इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले घटना भएको हो भनेर अपुष्ट जानकारी आएको बताए।


‘अपुष्ट जानकारी हामीलाई आएको छ। खबर अनुसार २ जना बेपत्ता भएका छन्। प्रहरीलाई घटनास्थलमा परिचालन गरिएको छ,’ उनले भने।

रतुवा खोलाको बाटो भएर गाडीहरू आवतजावत गर्ने गर्छन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

Related News

राष्ट्रपति भेट्न शीतलनिवासमा प्रचण्ड
राष्ट्रपति भेट्न शीतलनिवासमा प्रचण्ड
  • २०८१ जेष्ठ २१

काठमाडौं– आफू नेतृत्वको सरकार ढलेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति...

TOP