२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

आज नीति तथा कार्यक्रम ल्याउँदै सुदूरपश्चिम सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

बजेट ल्याउनुभन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी व्यवस्था भए पनि यस वर्ष पनि ढिलो भएको छ ।

राजनीतिक उत्तारचढावका कारण बजेट अधिवेशन जेठ १३ गतेदेखि शुरु भएको थियो । प्रदेश सरकारका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले सत्तारुढ दलको रायसुझावका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइने बताए ।

प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ जेष्ठ २०

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP