२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

धनगढीमा एक हप्ता विद्यालय बन्द गरिने

धनगढी- धनगढी उपमहानगरभित्र रहेका विद्यालयहरुलाई एक हप्ता बन्द गर्न पत्र काटिएको छ ।

अत्याधिक गर्मी बढेपछि उपमहानगरभित्र रहेका सबै विद्यालयहरु १८ गतेदेखि बन्द गर्न पत्र पठाइएको हो ।

आज जारी पत्रमा भनिएको छ –‘गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्येनजर गदै मिति १८ गतेदेखि २४ गतेसम्म वर्षे विदाबाट कट्टा हुने गरी उपमहानगरपालिका अन्तरगत सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने व्यवस्था मिलाउन सूचना प्रकाशित गरिएको छ ।’

धनगढीमा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज न्यूनतम ४२ देखि ४४ डिग्री तापक्रम रहने अनुमान गरिएको छ ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०८१ जेष्ठ १७

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP