डडेलधुरा- सरकारले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा डडेलधुरा अस्पताललाई प्राथमिकतामा राखेको छ । एक सय शय्याको डडेलधुरा अस्पताल तथा मेडिकल कलेजलाई पाँच सय शय्यामा स्तरोन्नति गरिने अर्थमन्त्री वर्षमान पुनले बताए ।
अर्थमन्त्री पुनले बजेट भाषणका क्रममा उक्त अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेका हुन् ।
उक्त अस्पतालमा ४० वटा विभाग र ४० एकाइ रहने व्यवस्था गरिएको छ । अस्पतालमा १२ औँ तहका निर्देशक तथा १९८ जना चिकित्सकसहित एक हजार ८७ दरबन्दीको प्रस्ताव गरिएको छ ।
डडेलधुरा अस्पताललाई उपक्षेत्रीय अस्पतालबाट विशिष्ट विशेषज्ञ अस्पताल बनाइएको छ वर्ष भएको छ । अस्पतालमा अधिकांश दरबन्दी खाली छन् । ११औँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट रहने व्यवस्था भए पनि सो पद हालसम्म पूर्ति हुन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लालाई सेवा प्रवाह गर्न यो अस्पताललाई प्रदेशकै ठुलो अस्पतालमा स्तरोन्नति गरी १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो । स्वीकृत दरबन्दी अनुसार पनि एक जना ११औँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट, नवौँ र १० औँ तहका थप १९ जना कन्सल्टेन्ट चिकित्सक हुनुपर्ने थियो तर हालसम्म आठौँ तहका मेसुले अस्पताल सञ्चालन भइरहेको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...