दिपायल- जिल्ला प्रहरी कार्यालय कैलालीले तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कैलाली जिल्ला अदालतले विभिन्न समयमा दोषी ठहर गरी सजाय तथा जरिवाना तोकेका प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।
अदालतको फैसलाल कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ईजाजत बिना वन प्रदावार ओसार पसार मुद्दामा १२ महिना कैद सजायसहित ४ हजार ९४८ रुपैंया जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–११ का ३० वर्षीये सन्तरी रानालाई पक्राउ गरिएको हो ।
त्यस्तै, चोरी मुद्दामा ६ महिना कैद सजायसहित ५ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१५ का ३० वर्षीय पद्दुलाल चौधरी र वन सम्बन्धी मुद्दामा एक लाख ४५ हजार जरिवाना ठहर भएका भजनी नगरपालिका –८ का ३२ वर्षीय रमेश चौधरी पक्राउ परेका हुन् ।
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...