दिपायल- नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका लागि दिएको समर्थन फिर्ता लिएको छ ।
मंगलबार एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियालाई नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोरलाई मुख्यमन्त्रीमा समर्थन नरहेको पत्र बुझाएका छन् ।
यसअघि गत आइतबार चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दलसँगै नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको उल्लेख गरेका थिए । त्यसको दुई दिनपछि एकीकृत समाजवादिले चौधरीलाई समर्थन नरहेको भन्दै प्रदेश प्रमुखलाई पत्र दिएका हुन् ।
सत्तारुढ गठबन्धनमा आफूहरुलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नभएको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बनाउन नाउपाको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन दिएको थियो ।
काठमाडौंमा सत्ता गठबन्धन जोगाउन सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने विषयमा छलफल भएपछि यसअघि दिएको समर्थन फिर्ता लिएको हो ।
सुदूरपश्चिममा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्दा नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले पनि दाबी गरेका छन् । मुख्यमन्त्रीमा दुई जनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाले कानुनी परामर्श गर्ने भन्दै मुख्यमन्त्री नियुक्त गरेका छैनन् ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...