२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday

एमाले सुदूरपश्चिम अध्यक्षका लागि चार जनाको उम्मेदवारी, अरु पदमा कस्को कस्को प-यो


दिपायल- नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । धनगढीमा जारी प्रथम प्रदेश अधिवेशनअन्तर्गत मंगलबार चार जनाले प्रदेश अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृत पदम पालका अनुसार अध्यक्ष पदमा अछामका तीन जना र बझाङका एक जना गरी चार जनाको उम्मेदवारी परेको हो । अछामका कमल तिमिल्सिना, भरतबहादुर साउद र कृष्णप्रसाद जैशीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै बझाङका बचनबहादुर सिंहले पनि अध्यक्षमा उम्मेदावरी दर्ता गराएका हुन् ।

आइतबारदेखि सुरु अधिवेशनमा सोमबार अबेरसम्म नेतृत्व चयनमा सहमति नभएपछि मङ्गलबार बिहान निर्वाचन कार्यक्रम सुरु भएको छ ।

त्यस्तै उपाध्यक्षमा ७, सचिवमा ४ र उपसचिवमा ९ जनाको उम्मेदवारी परेको छ । ९ जना उम्मेदवारमध्य ३ जना महिला छन् । उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी छ ।

सचिवमा रणबहादुर चन्द, राजेश खाती, रतनराज रेग्मी, जीवनकुमार बमको उम्मेदवारी परेको छ भने उपसचिव (महिला ) तर्फ भागरथी विष्ट कन्दकला कुमारी राना र अर्चना गहतराज तथा उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टको उम्मेदवारी परेको छ ।

मङ्गलबार साँझ ५ बजेबाट मतदान सुरु हुने निर्वाचन अधिकृत पालले जानकारी दिए ।

Related News

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
  • २०८० आश्विन २३

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

TOP