२०८० मंसिर २०, बुधबार
December 6, 2023, Wednesday

भूकम्पले बझाङमा वडा कार्यालय ध्वस्त, पालिकाको जमीन चिराचिरा



दिपायल – पश्चिम नेपालमा आएको भूकम्पका कारण बझाङको तलकोट गाउँपालिकामा क्षति पुर्‍याएको छ । वडा नम्बर १ को भवन भत्किएर पूर्ण रूपमा ध्वस्त भएको छ ।

बझाङको चैनपुर केन्द्रबिन्दु भएर दिउँसो ३ः०६ बजे ६.३ म्याग्निच्युड र दिउँसो २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको जनाइएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीका अनुसार भूकम्पले ‘गाउँपालिका कार्यालय अगाडिकै जमिन चिरा परेको छ ।   १ नम्बरको सुनिकोटको वडा कार्यालय भवन नै ध्वस्त भएको छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०८० आश्विन १६

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP