कञ्चनपुर – दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी पञ्चेश्वर गाउँपालिका–५ बस्ने खट्टे चन्दका छोरी ३९ वर्षीया कलावती चन्द र छोरा ५८ वर्षीय गम्भिर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले वैशाख २८ गते दोहोर नागरिकतासम्बन्धी कसुरमा उनीहरुविरुद्ध जाहेरी दर्ता भएको जानकारी दिए ।
प्रवक्ता डाँगीका अनुसरा उनीहरुलाई प्रहरीले सोमबार मात्र पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई कञ्चलनपुर जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धन भइरहेको जानकारी उनले दिए ।
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...