२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

सुदूरपश्चिम प्रदेशमा अझै राजधानी किन बनेनः बलायर

धनगढी – नेपाली कांग्रेसका नेता एवं सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानीका विषयमा प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सांसद बलायरले प्रदेश राजधानी घोषणा भएको वर्षौं वित्दासमेत संरचना निर्माण नभएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘सुदूरपश्चिमको राजधानी कसले बनाउने हो ? प्रदेश सभाले दुई तिहाइले गोदावरी नगरपालिकामा बनाउने निर्णय ग¥यो । तत्कालीन नेकपा एमाले र माओवादीको समर्थनमा गोदावरीमा प्रदेश राजधानी बन्ने भयो । तर त्यतिबेला मेरो पार्टी विपक्षमा थियो । ०७५ सालमा घोषणा भएपनि अहिलेसम्म राजधानी नबन्नुको कारण के हो ?’

सांसद बलायरले प्रदेश राजधानी निर्माणका विषयमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरे । ‘यसैले राजधानी कसले बनाउने हो ? राजधानी बनाउने ठाउँमो भोगाधिकार केन्द्रले दिएन । राजधानी बनाउने भन्नेबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्छ,’ उनले भने । सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी क्षेत्र सांसद बलायरको निर्वाचन क्षेत्रमा पर्दछ ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो सुदूरपश्चिम भ्रमणका विषयमा पनि बलायरले आपत्ति जनाएका छन् । उनले गठबन्धनको संस्कार विपरीत प्रधानमन्त्रीले नेकपा एमालेका नेता लेखराज भट्टलाई भेटेकोमा आपत्ति जनाएको बताइएको छ । भट्ट कांग्रेस नेता बलायरसँग कैलाली ४ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । पूर्व माओवादी नेता रहेका भट्ट नेकपा एमाले प्रवेश गरेका हुन् ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०८० बैशाख ५

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP